
-मिना बुढाथोकी
सल्यान, २२ भदौ । सल्यानको बागचौर नगरपालिका ४ सेतोगुराँसमा भदौ १२ गते घर भत्किदा पाँच जनाले ज्यान गुमाउनु परेको थियो । त्यस दुःखद घटनामा परिवार गुमाएका तीन बालबालिकालाई आर्थिक संकलन गर्न बैंकमा खाता खोलिएको छ ।
कमला विक, सुनिता विक र पुतला कामीको नाममा देवीराम कामी संरक्षक रहने गरि मुक्तिनाथ विकास बैंकमा खाता नम्बर ०४३२०७००३९३२६० ० ० ० ० ० १ रहेको सुनौलो बाल बचत खोलिएको प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले जानकारी दिए ।
केही दिन अघि कर्णाली सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला र भौतिक पूर्वाधारमन्त्री खड्ग बहादुर खत्रीले पीडित परिवारलाई प्रतिमृतक ३० हजारका दरले १ लाख ५० हजार राहत हस्तान्तरण गरेका थिए ।
कर्णाली सरकारको तर्फ बाट प्राप्त रकम पनि बालबालिकाको नाममा बैंकमा जम्मा गरि सकेको प्रजिअ ढकालले बताए । पीडित बालिकाहरुलाई सहयोग स्वरुप अन्य सहयोगी दाताहरुले पनि राहत रकम जम्मा गर्न चाहेमा बैंकको खातामा जम्मा गर्न सकिने उनले बताएका छन् ।












प्रतिक्रिया