१ कार्तिक २०८३, शनिबार

इक्वेडरमा शक्तिशाली भूकम्प

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

क्युइटो, २२ भदौ । इक्वेडरमा बिहीबार राति ६.२ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौर्गभिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ । स्थानीय समयानुसार शुक्रबार राति ९ः१२ मा सो भूकम्प गएको युएसजिएसले जनाएको छ ।

दक्षिण अमेरिकी यस देशको मध्य भाग नजिकै रहेको इलाकामा ९३.५ किलोमिटर गहिराइमा सो भूकम्पको केन्द्रविन्दु रहेको थियो ।

स्थानीय अधिकारीहरूले यस भूकम्प ६.५ म्याग्निच्युडको भएको जानकारी दिएका छन् । इक्वेडरमा सन् २०१६ को अप्रिल १६ मा तटीय प्रान्त मानाबीमा ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो यसमा परी करीब ६७३ व्यक्तिको मृत्यु भएको थियो । -रासस