२१ कार्तिक २०८३, शनिबार

सर्वाेच्चले भन्यो–उमा भुजेललाई थुनामुक्त गर्नू

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २२ भदौ । सर्वोच्च अदालतले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाकी नेतृ उमा भुजेललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

भुजेललाई प्रहरीले यही भदौ १२ गते बालाजुबाट पक्राउ गरेको थियो । क्रसर उद्योगमा आगजनी गरेको अभियोगमा अनुसन्धानका लागि जिल्ला अदालत काभ्रेबाट म्याद थप गरिएको थियो ।

तर, प्रतिमा भुजेलले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय सारदाप्रसाद घिमिरे र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले थुनामुक्त गर्न आदेश दिएको छ ।

आधार र कारण नखोली थुनामा राख्न म्याद थप भएको भन्दै सर्वोत्चले बन्दी प्रत्यक्षीकरणको आदेश हुने ठहर गरेको छ ।

सर्वोच्चले भुजेललाई सर्वोच्चको मुख्य रजिष्ट्रारको रोहबरमा थुनामुक्त गर्न आदेश दिएको छ ।