४ कार्तिक २०८३, बुधबार

नेपकम्सकाे अायाेजनामा अस्ट्रेलिया अध्ययन सम्बन्धित शैक्षिक मेला हुँदै

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ, २२ भदौ । अस्ट्रेलिया अध्ययनमा जाने नेपाली विद्यार्थीलाई शैक्षिक परामर्श दिँदै आएको नेपकम्स सर्भिसेसले पोखरा र काठमाडाैँ शैक्षिक मेला आयोजना गर्ने भएको छ।

अागामी असाेज ४  अर्थात  सेप्टेम्बर २० मा पोखरामा र असाेज ६  अर्थात  सेप्टेम्बर २२ मा काठमाडाैँकाे होटल अन्नपूर्णमा अायाेजना हुन लागेको उक्त मेलामा अस्ट्रेलियाका प्रतिस्ठित २० भन्दा बढी कलेज तथा युनिभर्सिटीहरुकाे सहभागिता रहने अायाेजकले जनाएकाे छ।

नि:शुल्क प्रवेशको व्यवस्था रहेको मेला बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सन्चालनमा रहने मेलामा आई.ई.एल.टी.एस. रजिस्ट्रेस व्यवस्था छ। मेलामा भिजिट गर्ने विद्यार्थीहरुले आफ्नो शैक्षिक प्रतिनिधित्व गर्ने डक्युमेन्टका साथ उपस्थित  भएमा उपलब्ध भएको छात्रबृत्तिकाे लागि समेत ‘प्रोसेसिङ’ गरिदिने व्यवस्था गरिएको आयोजक कन्सल्टेन्सीका ‘बिजनेस डेभलपमेन्ट अफिसर’ सोवित श्रेष्ठले जानकारी दिए।

बिगत लामो समयदेखि सेवा दिँदै आइरहेको नेपकम्स सर्भिसेसको मेलामा युनिभर्सिटीका प्रतिनिधिबाट “फर्स्ट ह्याण्ड इन्फर्मेसन” प्राप्त हुने हुँदा यो आम विद्यार्थीहरुको लागि महत्वपूर्ण  हुने उनले दाबी गरे। अभिभावकहरुलाई पर्ने आर्थिक भार कसरी व्यवस्थापन गर्न सकिन्छ भनेर परामर्श दिन मेलामा बैंक तथा वितीय सँस्थाहरुको समेत उपस्थिति रहने छ।

विद्यार्थीका अभिभावकहरुको आर्थिक हैसियतका आधारमा कलेज छनोट गर्नु पर्ने हुँदा उक्त मेलामा विद्यार्थीसँगै अभिभावकको उपस्थिति समेत उत्तिकै आवस्यक रहेको श्रेष्ठ बताउँछन्। त्यस्तै विद्यार्थीहरुले एउटै छानामुनि विविध क्षेत्र तथा बिषयसँग सम्बन्धित कलेज तथा युनिभर्सिटीको सेवा बारे सहज रुपमा प्रस्ट हुन पाउने वातावरण बन्छ अायाेजकले विश्वास लिएकाे छ।

विद्यार्थीहरुको सहजता तथा आफ्नाे सेवाको दायरामा विद्यार्थीहरुको सहज पहुँच पुर्याउनका लागि कन्सल्ट्यान्सीले उपत्यका बाहिर पोखरामा समेत शाखा खोली सेवा दिँदै आइरहेको छ। त्यसैगरी बुटवल तथा धरानमा भने शाखा विस्तार गर्ने तयारीमा छ। कम्पनीले अस्ट्रेलिया पुगिसकेका विद्यार्थीहरुलाई पनि कुनै किसिमको समस्या नआओस भनेर शाखा सम्पर्क कार्यालयबाट समेत सेवा दिँदै आइरहेको छ।

“नेपकम्स सर्भिसेस” अस्ट्रेलिया विशेष  सेवाप्रदायक कन्सल्टेन्सीहरुमा पछिल्लो समय विद्यार्थी र अभिभावकहरुको नजरमा बिश्वसनीय ब्राण्डको रुपमा समेत  परिचित छ।