५ कार्तिक २०८३, बिहिबार

स्थापित गायकभन्दा कम छैनन् जेनिश

1.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सुन्दै अचम्म लाग्छ, ८ वर्षका जेनिश उप्रेतीको स्वर कुनै स्थापित र लोकप्रिय गायकभन्दा कम छैन । उनी सानै उमेरमा लोकप्रिय गायक हुने अभियानमा छन् ।

हेटौडमा जन्म घर भइ हाल झापाको विर्तामोडमा बस्दै आएका जेनिशले गाएको एउटा म्युजिक भिडियो भरखरै बाहिर आएको छ । सो म्युजिक भिडिमा जेनिशले स्वर दिएका छन् । शब्द र संगित राम चामलिङको छ ।

गीत सुन्नहरूको संख्या बढ्दै गएको जेनिशकी आमी जानुका उप्रेतीले बताइन् । ‘मान्छे कहिले नमर्ने भए…’ बोलको गीत एक पटक सुनेपछि जो कोहीलाई पनि दोह-याएर सुन्न चाहन्छन् । यो उनको प्रतिभा हो ।

जेनिशलाई गीत संगीतप्रति निकै ठूलो रुचि छ । एक वर्षअघि पाथिभरा आइडलमा उनी पुरस्कृत भएका थिए । एक दर्जनभन्दा बढी सांगीतिक प्रतियोगितमा उनी सहभागी भइसकेका छन् ।

सबै प्रतियोगितमा उनले कुनै न कुनै पुरस्कार पाउने गरेका छन् । उनको गीत सुनेर पढाउने शिक्षकहरू समेत अचम्मित हुने गरेका छन् ।

रामकृष्ण ढकाल, भक्तराज आचार्य लगायतका गायकहरूसँग उनी प्रभावित छन् । उनी झापाको विर्तामोडमा फनमिन इङलिश स्कुलमा कक्ष दुई अध्ययनरत छन् ।