२ कार्तिक २०८३, सोमबार

माछापुच्छ्रे बैंक र लुम्बिनी इन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, २१ भदौ । माछापुच्छ्रे बैंक र लुम्बिनी जनरल इन्स्योरेन्सबीच बैंकास्योरेन्स सेवा सम्बन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा तथा लुम्बिनी जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नुर प्रकाश प्रधानले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले केन्द्रीय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरूबाट सहज रूपमा लुम्बिनी जनरल इन्स्योरेन्सको बिमा सेवाहरु प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कञ्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १५ स्थानबाट ग्राहकलाई सम्पूर्ण बै‌किङ सुबिधा प्रदान गरिरहेको छ ।

साथै बैंकको देशभर ९९ वटा एटिमएमहरु सञ्चालनमा रहेको छ ।