
काठमाडौँ, २१ भदौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हुम्लामा एटिएम सञ्चालनमा ल्याएको छ । यसले गर्दा हुम्लामा जिल्लाका तथा यस क्षेत्रको वरपरका जनता निकै लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७९ वटा शाखा, ७२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ एकाईहरुबाट करिब तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।
आफ्नो ग्राहकलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा एटिएम कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।















प्रतिक्रिया