
काठमाडौँ, २० भदौ । माछापुछ्रे बैंक लिमिटेडले सिराहामा २ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सिराहाको लाहान नगरपालिकाको बरियारपट्टी र सखुवानान्कारकट्टीमा थप २ शाखा रहित बैकिङ सेवा सञ्चालनमा ल्याएको हो ।
यो सहित माछापुछ्रे बैंक लिमिटेडको हालसम्म २७ शाखा रहित बैकिङ सेवा सुचारु भईसकेको जनाएको छ । ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखारहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिटेन्स भुक्तानी साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको छ ।
बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको छ ।
बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २७ शाखा रहित बैकिङ सेवा समेत गरी जम्मा १ सय १५ स्थानबाट सम्पूर्ण बैकिङ सुबिधा प्रदान गरिरहेको छ ।
साथै बैंकको देशभर ९९ वटा एटीएमहरु सञ्चालनमा रहेको छ ।















प्रतिक्रिया