
काठमाडौँ, २० भदौ । प्रभु बैंकले मुस्ताङमा २ वटा शाखा विस्तार गरेको छ । योसँगै मुस्ताङ जिल्लाको सबै गाउँपालिकाहरुमा प्रभु बैंकको शाखामार्फत् बैकिङ पहुँच पुगेको छ ।
गण्डकी प्रदेश अन्तर्गत मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा लोघेकर दामोदरकुण्ड शाखा र लोमान्थाङ गाँउपालिकामा लोमान्थाङ शाखा बुधबारदेखि सञ्चालनमा ल्याएको हो ।
यी शाखाबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुनेछन् ।
दुवै गाउँपालिकाको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।















प्रतिक्रिया