२१ कार्तिक २०८३, शनिबार

कानून निर्माण गर्दा प्रेस स्वतन्त्रता कुन्ठित हुँदैन : प्रदेश सभामुख घर्ती

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वुटवल, १९ भदौ । पाँच नम्वर प्रदेशका सभामुख पूर्णबहादुर घर्तीले प्रदेशमा कानून निर्माण गर्दा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुन्ठित हुन नदिने बताएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र मानवअधिकारको रक्षाका लागि लामो संघर्ष भएको र यसले नै लोकतन्त्रलाई बलियो बनाउने उनले बताए ।

मंगलवार वुटवलमा बुद्ध सामुदायिक टेलिभिजनको ११ आँै वार्षिक उत्सवको अवसरमा आयोजित ‘नयाँ संहिता, संचार र संशय’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

नेपालमा गणतन्त्र, संघीयता र संविधान सभावाट संविधान निर्माण गर्न ठूलो वलिदानी, त्याग भएको भन्दै उनले यसलाई कार्यन्वयन गर्न बन्ने कानूनहरुको सवैले स्वागत गर्नु पर्ने पनि बताए ।