२१ कार्तिक २०८३, शनिबार

सार्वजनिक सुरक्षासम्बन्धी विधेयक स्वीकृत

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ भदौ । राष्ट्रियसभाको मंगलबारको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ ।

कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले प्रस्तुत गरेको सो प्रस्ताव बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

त्यस्तै ‘बालबालिकासम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आजको राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ ।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।