
काठमाडौं, १९ भदौ । एनआईसी एशिया बैंकले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।
सम्झौतापछि बैंकका ग्राहकहरुले देशका सबै शाखाबाट सहज रुपमा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंककाका.मु.प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुखकार्यकारी अधिकृत श्रीनारायण कुमार भट्टराईले हस्ताक्षर गरे ।
बैंकको मुलुकभर २४१ शाखा कार्यालय, २३८ एटिएम, १४ वटा एक्सटेन्सन काउण्टर एवं १८ वटा शाखारहित बैंकिङ्ग ईकाई छन् ।















प्रतिक्रिया