२१ कार्तिक २०८३, शनिबार

रुपन्देही थारु कल्याणकारी सभामा सतिषकुमार चौधरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, १९ भदौ । रुपन्देहीमा थारु कल्याणकारी सभाको नयाँ नेतृत्व चयन भएको छ ।

दुई दिनसम्म सैनामैनामा सञ्चालन भएको नवौँ अधिवेशनले सतिषकुमार चौधरीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको हो । सदस्यमा चन्द्रमान चौधरी, बुद्धिराम चौधरी, करमचन्द चौधरी, सरिता चौधरी, केशव चौधरी, सत्यनारायण चौधरी, लक्ष्मी चौधरी, रामप्यारे चौधरी, प्रेमकुमारी थारु र प्रकाशसिंह चौधरी हुनुहुन्छ । तर उनीहरुको पद बाँडफाँड भएको छैन ।

अधिवेशनले देवीप्रसाद चौधरी, राम वली चौधरी, नरेशसिंह, चौधरी, खुशीराम चौधरी, पुनम चौधरी रहनुभएको महाधिवेशन प्रतिनिधि चयन गरेको छ । –रासस