५ कार्तिक २०८३, बिहिबार

अभिनेत्री प्रियंकाका ससुरा टाट पल्टिदै

4.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

लसएञ्जलस । प्रियंका चोपडाकी हुनेवाला ससुरा पल जोनस ऋण तिर्न नसकेर टाट पल्टिने अवस्थामा पुगेका छन् ।

प्रियंकाका हुनेवाला पति अमेरिकन गायक निकका बाबु ऋण तिर्न नसकेर समस्यामा परेका हुन् । प्रियंका र निकबीच बिहे गर्ने निश्चित भइसकेको छ ।

पल अमेरिकाको न्यूजर्सीमा रहेको कन्ट्रक्सन र रियल स्टेट कम्पनीका मालिक हुन् । पलको कम्पनी ऋणमा चुर्लुम्म डुबेको छ ।

कम्पनीले १० लाख डलरभन्दा बढी ऋण तथा २ लाख ६८ हजार डलर जरिवाना तिर्न नसकेको समाचारमा उल्लेख छ ।

पलका तीन छोरा छन् । सबै गायक हुन् । छोराहरूले चाहे भने पलको ऋण एक क्षणमा तिर्न सक्छन् ।

पलका छोरा एवम् प्रियंकाका श्रीमान् निकसँग कुल सम्पत्ति २ करोड ५० लाख डलर बराबरको  छ । अर्का छोरा केविनको २ करोड र जोको १ करोड ८० लाख डलर बराबरको सम्पत्ति छ ।

कान्छो छोरा फ्रेंकीसँग ३० लाख बराबरको सम्पत्ति रहेको छ । एजेन्सी