२१ कार्तिक २०८३, शनिबार

गल्छी–रसुवागढी सडकखण्ड खुला

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रसुवा, १८ भदौ । धुञ्चेको त्रिशूली नदी नजिक यही भदौ १ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्गमा यातायात पुनःसञ्चालन भएको छ ।

बीच बाटामा रोकिएका सयौँ मालवाहक कन्टेनर र ट्रक तथा पर्यटकीय गाडीहरु आफ्नो गन्तव्यतर्फ गएका छन् । अब गल्छी–रसुवागढी राजमार्गअन्तर्गत टिमुरे, घट्टेखोला नजिकसम्म निर्बाध रुपले सवारी साधन सञ्चालन गर्न सकिने भएको छ । रसुवागढी नजीक भीरमा सडक खुलाउने कार्य भने चलिरहेको छ ।

मङ्गलबार साँझसम्म सो सडक खुलाइने प्रजिअ कृष्ण पौडेलले बताए । -रासस