
काठमाडौं, १८ भदौ । राष्ट्रिय पोशाक संरक्षण अभियानले सोमबार राष्ट्रिय पोशाकको रुपमा दौरासुरुवाल कायम गरिनुपर्ने माग राखि राप्रपा अध्यक्ष कमल थापा समक्ष ज्ञापनपत्र बुझाएको छ ।
अभियानले सरकार लगायत विभिन्न राजनीतिक दललाई दौरासुरुवाललाई राष्ट्रिय पोशाकको रुपमा ग्रहण गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको हो ।
पार्टी केन्द्रीय कार्यालय अभियानको ज्ञापनपत्र ग्रहण गर्दै अध्यक्ष थापाले दौरासुरुवाललाई राष्ट्रिय पोशाक बनाउने अभियानमा आफ्नो र पार्टीको ऐेक्यबद्धता रहेको बताए ।












प्रतिक्रिया