२ कार्तिक २०८३, सोमबार

एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ, १८ भदौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बैंंकएस्योरेन्स मार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरी सम्झौता भएको छ ।

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट एनएलजी इन्स्योरेन्स कम्पनीको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनीका तर्फबाट कायममुकाम प्रमुख कार्यकारी अधिकृत सुनील बल्लभ पन्तले संयुक्त रुपमा हस्ताक्षर गरे ।