१ कार्तिक २०८३, शनिबार

ब्राजिलको सबैभन्दा पुरानो संग्राहालयमा आगलागी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रियो दि जेनेरियो, १८ भदौ । ब्राजिलको रियो दि जेनेरियोस्थित सबैभन्दा पुरानो राष्ट्रिय संग्रहालयमा आगलागी भएको छ ।

आगो नियन्त्रणमा लिन प्रयास भइरहेको छ । आगलागी भएको यो संग्राहालय २०० वर्ष पूरानो हो । संग्राहालयमा दुई करोडभन्दा बढी सामान संग्रहित छन् ।

स्थानीय समय अनुसार आइतबार भएको आगलागीमा के कति हताहती भयो पुष्टि भएको छैन ।

संग्रहालय कुनै बेला पोर्चुगलको राजपरिवारको भवन थियो । यो वर्षको सुरुमा संग्रहालयले आफ्नो २०० औँ वर्षगाँठ मनाएको थियो । ब्राजिलियन टेलिभिजनमा देखाइएको तस्बिर अनुसार आगो भीषण छ ।

आइतबार सबै सेवा बन्द भएपछि आगलागी भएको अनुमान छ । आगो संग्रहालय रहेको पूरै भवनमा फैलिएको छ । यो संग्रहालय सन् १८१८ मा स्थापना गरिएको हो । आगलागीको कारण अहिलेसम्म खुलेको छैन ।

ब्राजिलका राष्ट्रपति मिसेल तेमेरले ट्वीट गरेर यो दिन सबै ब्राजिलियनका लागि दुःखद रहेको बताएका छन् । संग्रहालयमा आगलागीका कारण भएको क्षतिको मूल्यांकन कसै गरे पनि गर्न नसकिने उनको भनाई छ । संग्रहालयसँग आफूहरुको इतिहास जोडिएको उनले बताए । एजेन्सी