२१ कार्तिक २०८३, शनिबार

प्रदेश नं ३ : तीन विधेयक समितिमा

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौँडा, १७ भदौ । प्रदेश नं ३ को प्रदेशसभाको आइतबारकोे बैठकले तीन विधेयकलाई दफावार छलफलका लागि विधेयक समितिमा पठाउने निर्णय गरेको छ ।

बैठकले प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गर्नुभएको ‘प्रदेश संस्था दर्ता सम्बन्धमा कानूनी व्यवस्था गर्न बनेको विधेयक २०७५’ र ‘प्रदेश प्रकोप व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ लाई समितिमा पठाइएको हो ।

त्यस्तै सामाजिक विकासमन्त्री युवराज दुलालले प्रस्तुत गर्नुभएको ‘प्रदेश स्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ लाई सर्वसहमतरुपमा दफावार छलफलका समितिमा पठाएको हो । –रासस