२ कार्तिक २०८३, सोमबार

सिभिल बैंकले दियो बीमा रकमको भुक्तानी

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । सिभिल बैंक लिमिटेडले दुर्घटनामा मृत्यु भएका बुटवलका निक्षेपकर्तालाई बीमा रकम भुक्तानी गरेको छ ।

बैंकले निक्षेपकर्ता वंशराज थारुको निधन भएपछि बीमा रकम उनकी श्रीमती शान्तिदेवी थारुको नाममा भुक्तानी गरेको हो । नारायणघाटमा आयोजित एक कार्यक्रमबीच बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले एक लाख ७४ हजार २४० रुपैयाँको चेक मृतकका सुपुत्री निर्मला थारुलाई हस्तान्तरण गरे ।

निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप गर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दुर्घटना/मृत्यु बीमा बापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै भएपनि राहत पुर्‍याउने बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले बताए ।

बैंकले यसअघि पनि २०७२ को विनाशकारी भूकम्पलगायत अन्य दुर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४ गुणा वा अधिकत्तम पाँच लाख रुयैयाँसम्मको बीमाको रकम उपलब्ध गराएको बैंकले जनाएको छ ।