
काठमाडौं, १७ भदौ । जनता बैंक नेपाल लिमिटेडले फुलचोकी आधारभुत विद्यालय, पनौती, काभ्रेलाई दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । बैंकका संस्थागत मामिला प्रमुख छविलाल हुमागाईले पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने मार्फत विद्यालयका प्रधानाध्यापक केशव हुमागाईंलाई उक्त कम्प्युटर हस्तान्तरण गरे ।
कम्प्युटर हस्तान्तरण कार्यक्रममा नगर प्रमुख न्यौपानेले पनौती नगरपालिकाको विकट वडाहरुमा महिला स्वास्थ्यको अवस्था नाजुक रहेकोले ती वडाहरुमा जनता बैंक र नगरपालिकाको सहकार्यमा स्वास्थ्य सम्बन्धी कार्यक्रमको परियोजना सञ्चालनको लागि अनुरोध समेत गरे ।















प्रतिक्रिया