२ कार्तिक २०८३, सोमबार

सिन्धुलीमा मेगा बैंकका दुई शाखा रहित बैकिङ्ग सेवा सञ्चालनमा

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ भदौ । मेगा बैँक नेपाल लिमिटेडले एकै दिन सिन्धुलीको दुई स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका वार्ड नं. १ बेलघारी र सोही गाउँपालिकाका वार्ड नं. ११ चकमकेमा शाखा रहित बैँकिङ्ग सेवा सञ्चालनमा ल्याएको बैँकले जनाएको छ । बैँकले शनिबार एक कार्यक्रमकाबीच तीनपाटन गाउँपालिकाका वार्ड नं. १ र ११ मा शाखारहित बैकिङ्ग सेवाको औपचारीक शुरुवात गरेको हो ।

तीनपाटन गाउँपालिकाका वार्ड नं. १ बेलघारीमा शाखा रहित बैंकिङ्ग सेवाको उद्घाटन सोही वडाका वडा अध्यक्ष गोबिन्द बहादुर राउत तथा मेगा बैंक नेपाल लिमिटेडका माईक्रो बैंकिङ्ग विभागका अधिकृत शिबहरी भण्डारीले संयुक्त रुपमा गरे ।

यस्तै तीनपाटन गाँउपालिका वार्ड नं. ११ चकमकेमा तीनपाटन गाउँपालिकाका वडा नं. १० का वडा अध्यक्ष पूण्यहरी भुजेल तथा मेगा बैँक नेपाल लिमिटेडका माईक्रो बैंकिङ्ग विभागका अधिकृत शिबहरि भण्डारीले संयुक्त रुपमा गरेका हुन् ।