
काठमाडौँ, १६ भदौ । विगत दुई वर्ष देखि निरन्तर हुदै आएको सिनेमा सर्कल नेपालको एलजि सिने सर्कल अवार्ड यस वर्ष भाद्र ३१ गते हुने भएको छ ।
काठमाडौँ महानगरपालिका स्थित राष्ट्रिय सभागृहमा हुने अवार्डको आयोजक सिनेमा सर्कल नेपालको हो भने द दिनेश डिसी प्रोडक्सनको व्यवस्थापन रहेको छ ।
अवार्डको पहिलो वर्ष २०७३ साल भाद्र २२ गते आर्मी अफिसर्स क्लव भद्रकालिमा वरिष्ठ भारतीय चलचित्र कलाकार एवम् सांसद शत्रुघन शिन्हा, जापानी चलचित्र निर्देशक मात्सुवयासी र हलिउड चलचित्र निर्देशक डिगर मेशको विशेष अतिथ्यतामा भएको थियो ।
यस्तै गत बर्ष श्रावन २३ गते चर्चित भारतिय कलाकार एंव नेपालको पहिलो निजी क्षेत्रबाट निर्मित पहिलो चलचित्र माईतीघरका प्रमुख कलाकार माला सिन्हा, सिपी लोहनी र तत्कालिन प्रधानसेनापति राजेन्द्र क्षेत्रीको विषेश आतिथ्यतामा भएको थियो ।
पहिलो अवार्डको पुरस्कार नगद ५१ हजार रुपैयाँ रहेको छ ।















प्रतिक्रिया