
काठमाडौं, १६ भदौ । एक्सन कन्स्ट्रक्सन ईक्युप्मेन्ट लिमिटेड(एसीई) ले नेपालमा पहिलो पटक उत्पादन शुरु गरेको छ । एसीईले रुपन्देहीबाट नेपालमै पहिलो पटक उत्पादनको लन्चिङ्ग गरेको हो ।
एसीई नयाँ उत्पादन भ्याकु लोडर ए एक्स १२४ मोडल लन्च भएको हो । नेपालबाट नयाँ लन्चिङ भएको उत्पादन कम्पनीले शुक्रबारबाट ४१ वटा देशमा पठाएको छ । प्रदेश ५ का भौतिक पूर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले उत्पादनको लन्च गर्दै विकास निर्माणमा प्रविधिको प्रयोग जरुरी देखिएको बताए ।
कार्यक्रममा एसिइका ईन्टरनेशनल मार्केटिङ्ग प्रमुख अजय मल्लिक, नेपालका लागि आधिकारीक विक्रेता बुद्ध पावर एण्ड टेक्नोलोजीका निर्देशकद्वय टंकप्रसाद पाण्डे र मोहन चापागाई, एसिइका प्रोडक्ट म्यानेजर अनुप मिश्राले नया उत्पादनका विशेषताहरुका बारेमा जानकारी दिएका थिए ।
नया लन्च गरिएको भ्याकु टु व्हीलर ड्राईभ र फोर व्हीलर ड्राईभ अप्सनमा उपलब्ध रहेको प्रोडक्ट म्यानेजर मिश्रले बताए ।















प्रतिक्रिया