२१ कार्तिक २०८३, शनिबार

नदीमा फसेका दुई जनाको एपीएफद्वारा उद्धार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली, १५ भदौ । कैलालीको गोदावरी नगरपालिका–९ धनचौरी खटिया नदीको बीचभागमा फसेका दुई जनालाई एपीएफको टोलीले उद्धार गरेको छ ।

नदीमा एक्कासी आएपछि उनीहरु बीच भागमै फसेका थिए ।

स्थानीय ४० वर्षिया जानकी बोहोरा र वर्ष ४२ की पशुपति बोहोरा उक्त नदीको बीच भागमा रहेको टापुमा घाँस घाट्न गएको बेला बाढी आउँदा फसेका प्रहरीले जनाएको छ ।

एपीएफ टोलीले लाइफ ज्याकेट, थ्रो व्याग र लाइफ ब्वायको प्रयोग गरी उनीहरुको सकुशल उद्वार गरेको हो ।