
काठमाडौं, १५ भदौ । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ५.९७ अंकले बढेर अन्तिम दिन ११८१.६९ अंकमा पुगेको छ । यस साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.३७ अंकले बढेर २४९.७९ अंकमा आइपुगेको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जमा १८० कम्पनीहरुको सेयर खरिदबिक्री भएका छन् । जस अनुसार ११७८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु कारोबार भएका छन् । कारोबार रकम गत साताको भन्दा ३१.८१ प्रतिशत कम हो । गत साता १८५ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६६२० कारोबारबाट एक अर्ब १७ करोड ७५ लाख ७१ हजार रुपैयाँ बराबरका ४४ लाख २१ हजार ९ सय ५० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।
यो साता कारोबार रकम (सात करोड ३९ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड संस्थापक सेयर शीर्षस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (एक लाख ३२ हजार कित्ता) को आधारमा एनएमबि बैंक लिमिटेड शीर्षस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (५८८ वटा) को आधारमा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहन सफल भएको छ ।
यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन मात्र खुला रह्यो ।















प्रतिक्रिया