१ कार्तिक २०८३, शनिबार

बस दुर्घटनामा सातको मृत्यु

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यु मेक्सिको, अमेरिका १५ भदौ । अमेरिकाको न्यु मेक्सिको राज्यको सीमा क्षेत्रमा रहेको एरिजोनामा ट्रक र यात्रुवाहक बस एक आपसमा ठोक्किँदा कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनाग्रस्त बसमा ४९ व्यक्ति सवार रहेका थिए । तर तत्काल कति व्यक्ति घाइते भएका हुन् भन्ने बारेमा भने यकिन नभएको समाचारमा जनाइएको छ ।
दुई सवारी साधन विपरीत दिशाबाट गुडिरहेको बेला ठोक्किन पुगेका थिए । यसले बसलाई बढी क्षति पुगेको र बसका यात्रु प्राय सबैजसो घाइते भएका बताइएको छ ।

यस दुर्घटनामा घाइते भएका कम्तीमा नौ व्यक्तिको न्यु मेक्सिको अस्पताल (युएनएम) मा उपचार भइरहको प्रहरी अधिकारीले जानकारी दिएका छन् ।
घाइतेमध्ये अधिकांश व्यक्तिको अवस्था गम्भीर रहेको बताइएको छ । यस दुर्घटनाको विस्तृत विवरण प्राप्त भएको छैन ।