५ कार्तिक २०८३, बिहिबार

बिग बोस १२ मा प्रियांककी पूर्वप्रेमिका दिव्या सहभागी हुने !

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौं, १५ भदौ । चाँडै नै टिभीमा बिग बोस १२ सुरु हुँदैछ । यसलाई पनि सलमान खानले होस्ट गर्नेछन् । हालका दिनमा शोमा सहभागी हुने प्रतियोगीहरुको नाम धमाधम बाहिर आइरहेको छ । पछिल्लो दिनमा केही स्टार्सहरुको नाम समेत बाहिरिएको छ । बताइएअनुसार सलमानको यस शो सेप्टेम्बर १६ बाट सञ्चालन हुँदैछ । केही समयअघि शोको प्रोमो समेत बाहिर आइसकेको थियो । यस पटकको शो निकै बोल्ड हुने अनुमान लगाइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार अघिल्लो सिजनमा देखिइसकेका प्रियांक शर्माको पूर्व प्रेमिका दिव्या अग्रवाल पनि सहभागी हुनेछिन्

रिपोर्टका अनुसार दिब्याले प्रियांकबारे कुरा गर्न अस्वीकार गरेकी छन् । तर, उनले ३१ अगस्टमा केही कुरा भने पक्कै खोल्नेछिन् । बताइएअनुसार उनले शोमा सहभागिता जनाउने पक्का भइसकेको छ । दिव्या अग्रवाल अघिल्लो शोमा प्रियांक शर्माको प्रेमिकाको रुपमा गएकी थिइन् । यद्यपी उनीहरुको अहिले ब्रेकअप भइसकेको छ । शोमा दिव्या आउने नआउने भन्नेबारे खुलस्त भने भइसकेको छैन ।