मुम्बई । बलिउड अभिनेता शाहरुख खानाले हलिउड फिल्मप्रति रुचि नरहेको बताएका छन् । अभिनेत्री प्रियंका चोपडा र दीपिका पादुकोणले हलिउडका फिल्म खेले पनि शाहरुख खानले फिल्म खेल्न अनिच्छा देखाएका हुन् । बलिउडका चलेका हिरोहरू भने अहिलेसम्म हलिउड फिल्ममा देखिएका छैनन् ।
अभिनेता शाहरुख खानले भनेका छन्, ‘म उनीहरू कहाँ फिल्म माग्न जान्न । उनीहरू नै मकहाँ आउनुपर्छ ।’ उनले आफूलाई अहिलेसम्म हलिउड फिल्मबाट अफर नआएको बताए । ठट्टा गर्दै भने, ‘सायद मेरो अंग्रेजी राम्रो नभएर होला ।’
शाहरुखले भविष्यमा हलिउड कलाकारहरू नै बलिउड फिल्म खेल्न आउने दावी गरे । ‘भोलिका दिनमा टम क्रुजले बलिउड फिल्म खेल्न मरिहत्ते गर्ने दिन आउनेछ’, शाहरुखले भने । शाहरुख खान अहिले आफ्नै होम प्रोडक्सन फिल्म ‘जिरो’मा व्यस्त छन् । यो फिल्ममा उनले पुड्को व्यक्तिको भूमिका निभाएका छन् । एजेन्सी















प्रतिक्रिया