१२ कार्तिक २०८३, बिहिबार

नेकपाका लागि मागिएको थियो यो भवन

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । नेकपा संसदीय दलको कार्यालयका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय रहेको भवन वा यसअघिको शान्ति मन्त्रालय रहेको भवन उपयुक्त रहने ठानेर सचिवालयले सरकारसँग प्रस्ताव गरेको थियो ।

पहिले शान्ति मन्त्रालय रहेको भवन अहिले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले नै प्रयोग गर्दै आएको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

महिलामन्त्री तथा कर्मचारीले पनि आफ्नो मन्त्रालयको भवन दिन संसद् सचिवालयसँग अस्वीकार गरेका छन् । मन्त्रालयकी सूचना अधिकृत विनिता भट्टराईले प्रस्ताव आएको, तर आफूहरूले अस्वीकार गरेको बताइन् ।

‘प्रस्ताव आएको थियो । अब महिला, बालबालिका मन्त्रालय सर्दैन । यो भवन ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिमैत्री रहेकाले यही नै हाम्रो मन्त्रालयका लागि उपयुक्त हुन्छ,’ उनले भनिन् ।

संसद् सचिवालय स्रोतले पनि महिला, बालबालिकामन्त्रीले मन्त्रालय सार्न अस्वीकार गरेकाले हाल नेकपाको दलको कार्यालय एकै ठाउँ बनाउने प्रयास यथास्थितिमा रहेको बतायो ।