काठमाडौं, १५ भदौ । विभिन्न टुक्रामा रहेका राप्रपाले गत निर्वाचनमा नराम्रो पराजय व्यहोरेपछि एकताको दबाब छ । तर, शीर्ष नेताहरूका व्यक्तिगत टकरावका कारण एकता प्रयासले पूर्णता पाउन सकेको छैन ।
यस्तोमा पारसले तीनवटै दलका युवा पुस्ताका नेतालाई बोलाएर गोप्य छलफल गरेका हुन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।
त्यसो त पूर्वराजा ज्ञानेन्द्र शाहले ४ चैतमा झापामा तीनवटै राप्रपाका नेतालाई बोलाएर पार्टी एकीकरण निष्कर्षमा पु(याउन र बलियो राष्ट्रवादी शक्ति निर्माण गर्न सुझाब दिएका थिए ।
त्यसको ५ महिनापछि छोरा पारसले पनि एकताको प्रगतिबारे जिज्ञासा राखेका छन् । बिहीबारको छलफलपछि पारस चाँडै देश दौडाहामा निस्कने स्रोतले बताएको छ ।















प्रतिक्रिया