१२ कार्तिक २०८३, बिहिबार

बाबुको लाइन समात्दै छोरा, पारसले थाले राजनीतिक भेटवार्ता

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १५ भदौ । लामो समय राजनीतिबाट टाढा रहेका पूर्वयुवराज पारस शाहले राजनीतिक भेटवार्ता थालेका छन् । बिहीबार उनले राप्रपा, राप्रपा प्रजातान्त्रिक र एकीकृत राप्रपा राष्ट्रवादीका दोस्रो तथा तेस्रो तहका नेतासँग साढे चार घन्टा गोप्य छलफल गरेका छन् । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

तीनवटै पार्टीका नेतालाई नक्सालस्थित होटेल टंगाल उडमा बोलाएका पारसले छुट्टाछुट्टै तथा सामूहिक छलफल गरेका हुन् । त्यस क्रममा उनले तीनवटा पार्टीबीच एकता प्रक्रियामा भइरहेको ढिलाइबारे चासो व्यक्त गरेको सहभागी नेताहरूले जानकारी दिए ।

‘राप्रपाहरूको एकता हुने सुनेको थिएँ, अहिले के भइरहेको छ ?’, छलफलको सुरुमै पारसले यस्तो जिज्ञासा राखेका थिए । त्यसपछि उनले राष्ट्रियता कमजोर बन्दै गएको तथा समाजमा महिला तथा बालबालिकामाथि हिंसा बढ्दै गएकाले राष्ट्रवादी शक्ति एक हुनुपर्ने विचार व्यक्त गरेका थिए ।

भेटवार्तामा राप्रपा प्रजातान्त्रिकका राजेन्द्र गुरुङ, सुरेश आचार्य, रवीन्द्रप्रताप शाह, विराज विष्ट, सगुनसुन्दर लावती, पंकज प्रधान र श्याम थापा सहभागी थिए । एकीकृत राप्रपा राष्ट्रवादीबाट ऋषिबाबु परियार, डा। सुष्मा आचार्य र डा। केशव श्रेष्ठ तथा राप्रपाबाट सिर्जनारानी बर्मा, सुचित्रा घिमिरे, सहभागी थिए । राप्रपाका नेता जयन्त चन्द, भुवन पाठकलाई बोलाए पनि उनीहरू छलफलमा सहभागी नभएको पारसनिकट स्रोतले बतायो ।