५ कार्तिक २०८३, बिहिबार

पति छाडेकी यी अभिनेत्री नयाँ युवकसँग फेला परिन्

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुम्बई । बलिउड अभिनेता अर्जुन कपूर डिभोर्सी अभिनेत्री मलाइका अरोडासँग प्रेममा रहेको चर्चा छ । अर्जुन कपूरकै लागि मलाइकाले अरवाज खानलाई डिभोर्स दिएको आरोप छ ।

अत्यधिक नकारात्मक टिकाटिप्पणीहरू भएपछि अर्जुन र मलाइकाले एक–अर्कासँग दुरी बनाएका थिए । उनीहरूसँगै नदेखिएको लामो समय भएको थियो ।

यसबाट उनीहरूका बीच खटपट भएको वा ब्रेकअप भएको अनुमान धेरैले गरेका थिए । अनुमानहरूलाई चिर्दै मलाइका र अर्जुनफेरि एकपटक एकसाथ देखिएका छन् ।

हालै आयोजित लक्मे फेसन विकमा सहभागी भएका उनीहरू सँगसँगै बसेका थिए । कार्यक्रममा अर्जुन आफ्ना सौतेनी बहिनीहरू जान्भी र खुशी कपूरलाई लिएर पुगेका थिए । मलाइका भने एक्लै गएकी थिइन् ।

अर्जुन र मलाइका योजना बनाएरै भेटेका हुन् वा अचानक भेट भएको हो त्यो भन्ने खुलेको छैन । उनीहरू भेट भएपछि आपसमा निकै आत्मिय देखिएका थिए । अर्जुनको एकापट्टि मलाइका बसेकी थिइन् । अर्कोपट्टि जान्भी र खुशी थिए । अर्जुन र मलाइकाको घनिष्ठताबाट बहिनीहरूले भने अप्ठेरो महसुस गरेको देखिन्थ्यो ।

अर्जुन अहिलेसम्म अविवाहित छन् । मलाइका पनि डिभोर्सपछि एक्लै छिन् । उनीहरूबीच प्रेमको चर्चा चलेपछि मलाइकाले स्पष्टीकरण दिँदै आफूहरू राम्रो साथी मात्र भएको बताएकी थिइन् ।

मलाइकासँगको प्रेमका कारण अरवाजका दाई सलमान खान र अर्जुन कपूरबीच सम्वन्ध विग्रेको छ । उनी आफ्नो भाई–बुहारीको डिभोर्स हुनुमा अर्जुनको हात देख्छन् । अर्जुनले भने यो विषयमा मुख खोलेका छैनन् । एजेन्सी