१२ कार्तिक २०८३, बिहिबार

अध्यक्ष बन्न झाको ठूलो चलखेल

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ भदौ । काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सफिारिस गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो । नागरिक दैनिकले समाचार छापेको छ ।

मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समितिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्ति गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।