
काठमाडौं, १३ भदौ । बालबालिका सम्बन्धी काम गर्ने संयुक्त राष्ट्र संघको एउटा अंग युनिसेफले म्यानमारबाट विस्थापित रोहिंज्यामध्ये झन्डै ५ लाख जति कलिला बालबालिका गम्भिर संकटमा रहेको र उनीहरू हराएको पुस्ता हुनसक्ने खतरा रहेको जनाएको छ ।
गत बर्ष सुरक्षाकर्मीका केही चौकीमा रोहिंज्या लडाकुहरूले आक्रमण गरेपछि म्यानमारको सेनाले बस्तीहरूमा व्यापक दमन गरेको थियो । संयुक्त राष्ट्र संघले त्यसलाई ‘जातीय सफाया’ मानेको छ । एउटा अनुसन्धानमा बंगलादेशको कक्स बजारको शिविरमा शरण लिइरहेका रोहिंज्या बालबालिकाहरू विभिन्न शोषणमा पर्ने गरेका छन् ।
म्यानमारमा रहँदा पोहोरसम्म सोन्जिदा विद्यालय जान्थिन् । १५ बर्षीया यी टुहुरीको अहिले बिहे भइसक्यो र उनी गर्भवती छिन् । उनका पति ६६ बर्षका भए । सबैभन्दा ठूलो शिविरमा रहेकी उनलाई शिशु जन्मिँदा पतिको मृत्यु हुने हो की भन्ने त्रास छ । उनी भन्छिन्,‘म सानो छँदा बूढो मान्छेसँग बिहे होला भनेर सोचेकी थिइन तर त्यस्तै भयो ।
गत बर्ष हिंसा भएपछि ७ लाख जति रोहिंज्या मुसलमानहरू घर छाडेर भागे । अधिकांशले बंगलादेशमा शरण लिएका छन् । पीडितहरूका अनुसार आफूहरूलाई लक्षित री व्यापक रूपमा बलात्कार र हत्या भए, गाउँहरूमा आगो लगाइयो ।
म्यानमारको सेनाले लडाकुविरुद्ध कारवाही गरेको तर गैरसैनिकलाई केही नगरेको दाबी गरेको छ । एक जना पीडितले भनिन्,‘म रातदिन रुन्छु । बर्मेली सेनाले मेरा पतिको हत्या गर्दा मैले टुलुटुलु हेर्नबाहेक केही गर्न सकिन ।’
शोकिनाकी छोरी शिविरबाट वेपत्ता भइन् । उनलाई तस्करहरूले अपहरण गरेको शंका गरिएको छ ।
‘मेरी छोरीलाई के भयो कसैलाई थाहा छैन, अल्लाहलाई मात्र थाहा होला’ उनी भन्छिन्,‘उसँग फेरि भेट नहोला । एक बर्ष भयो । मकहाँ फर्केर आउनुपथ्र्यो ।’
१५ बर्षिया रोजिना बंगलादेश आएपछि यौनधन्दामा लाग्न बाध्य पारिएका बताउँछिन् । ‘म म्यानमार फर्किन बाहेक अरु केही चहान्न । मेरो देश फर्किन चहान्छु’, उनी भन्छिन्,‘त्यहाँ मेरा धेरै नातेदार छन् । मलाई यहाँ मन पर्दैन । म्यानमार नै मनपथ्र्यो ।’
उनको पीडाको आकार सानो छैन । मनमा अझै पनि केही अभिलासाहरू छन् । भन्छिन्,‘म फर्केर बिहे गर्न र आफ्नो घरबार बसाउन चहान्छु । म यसरी यौनधन्दा गरिरहें भने मेरो जीवन नष्ट हुन्छ ।’
नोबेल पुरस्कार विजेता आङ साङ सूचीको देश म्यानमारले शरणार्थीहरूलाई फिर्ता गर्ने बताएको छ । तर बंगलादेशको कक्समा छाप्राहरूभित्र अनेकन पीडा केही समयका लागि रहनेछन् । बीबीसीको सहयोगमा















प्रतिक्रिया