काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी ओलीले मंगलवार संसदलाई सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (विम्स्टेक)को चौथो शिखर सम्मेलनको विषयमा संसदलाई जानकारी गराएका छन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै ओलीले विपक्षी दलले सरकारलाई तानाशाहीको संज्ञा दिँदै गलत प्रचार गरेको भन्दै आपत्ति समेत जनाए । साथै उनले सरकारले गरेका राम्रा काम र सरकार सक्षम रहेको पनि बताए ।
त्यती मात्र नभई उनले सरकारसँग कसैले लोकतन्त्रको सर्टिफिकेट मागिरहन नपर्ने पनि बताए । बोल्ने क्रममा उनले स्थानीय प्रदेश र संघमा कर्मचारी व्यवस्थापन र मन्त्रालय र मन्त्रीहरूको विभाजनको समेत जानकारी दिए ।
जानकारी दिने क्रममा उनले हाल २१ वटा मात्रै मन्त्रालय रहेको बताएका छन् । तर, वास्तबिक मन्त्रालयको संख्या भने २२ वटा रहेको छ, जसमा स्वास्थ्य, पर्यटन र कृषि मन्त्रालयमा ३ राज्यमन्त्री गरी प्रधानमन्त्रीसहित २२ जना मन्त्रीहरू रहेका छन् ।
हालसालै कृषि तथा भूमि व्यवस्था मन्त्रालय फुटाएर भूमी व्यवस्था तथा गरिबी निवारण मन्त्रालय र कृषि तथा पशुपन्छी विकास मन्त्रालय गरी दुई वटा मन्त्रालय बनाइएको छ ।
भूमि सुधार व्यवस्था तथा गरिबी निवारण मन्त्रालयको जिम्मेवारी पद्मा अर्याललाई दिइएको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको जिम्मेवारी चक्रपाणी खनाललाई दिइएको छ । नेपालको संविधान अुनसार जम्मा २५ वटा मन्त्रालय गठन गर्न मिल्ने व्यवस्था रहेको छ ।















प्रतिक्रिया