२१ कार्तिक २०८३, शनिबार

रोकिएन गैंडा मर्ने क्रम, अर्को मरेको गैँडा भेटियो

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, १२ भदौ । चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा मंगलबार मरेको अवस्थामा भेटिएको छ ।

निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा टाउको पानीमा डुबेको अवस्थामा भाले गैँडा मरेको भेटिएको हो । गैँडाको अवस्था हेर्दा दुई–तीन दिनअघि मरेको जस्तो देखिएको अर्यालले बताउनुभयो ।

गैँडा जुधेर, दलदलमा फसेर, बुढो भएर, घाउको सङ्क्रमण लगायतका कारण मर्ने गर्दछन् । निकुञ्जमा चालू आवमा हालसम्म योसहित चारवटा गैँडा प्राकृतिक कारणले मरेका छन् । गत आव २०७४/७५ मा २६ वटा गैँडा प्राकृतिक कारणले मरेका थिए । नेपालमा ६ सय ४५ वटा एकसिङ्गे गैँडा रहेका छन् जसमध्ये ६ सय ५ वटा चितवन राष्ट्रिय निकुञ्जमा छन् । –रासस