
काठमाडौं, १२ भदौ । मंगलबार सेयर बजार पसिूचक नेप्से बढेको छ । आज बजार परिसूचक नेप्से १.३७ अंकले बढेर ११७७.०९ अंकमा पुगेको छ । बजारमा ‘क’ वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.१९ अंकले बढेको छ ।
आज कारोबारमा आएका जलविद्युत्, बीमा कम्पनी, अन्यबाहेक बाँकी सबै समूहको परिसूचकमा केही सुधार आएको छ ।
बजारमा १५४ कम्पनीको ६ लाख २२ हजार ८०१ कित्ता सेयर ३ हजार २७४ पटक खरिदबिक्री हुँदा १९ करोड बराबरको कारोबार भएको छ ।















प्रतिक्रिया