२१ कार्तिक २०८३, शनिबार

सल्यानमा बालि बीमा प्रभाकारी नभएको भन्दै सरकारलाई ध्यानाकर्षण

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


-मिना बुढाथोकी

सल्यान, १२ भदौ । सल्यानमा बालि बीमा प्रभाकारी नभएको भन्दै विभिन्न अधिकारकर्मीहरुले यसलाई प्रभावकारी बनाउन सरकारलाई दवाव दिएका छन् । बालि बीमालाई प्रभाकारी रुपले सञ्चालन गर्नका लागि जिल्ला प्रशासन कार्यालय मार्फत कृषि मन्त्रालयमा ध्यानाकर्षण पत्र पठाइएको खाद्य अधिकार संजालका दिपेन्द्र कुमार शाहीले बताए ।

यस जिल्लामा ०७३ सालमा २ जना किसानले मात्र बालि बीमा गरेको पाईन्छ । सरकारले कृषकलाई कृषि विमा लागतका आधारमा दिने व्यवस्था गरेको भएपनिे उत्पादन हुने बेलामा असिना, किरा, पहिरो, बाढी तथा बालिमा लाग्ने रोग आदिबाट नोक्सान हुने भएकाले बालि बीमामा कृषकको त्यति चासो नदेखिएको विभिन्न अध्यन प्रतिवेदनले देखाएको छ । जसले गर्दा सल्यान जिल्लामा कृषि एक पहिचान, कृषकको आम्दानी र रोजगारीको सम्भावना र नयाँ कृषकलाई कृषि पेशाप्रति चासोमा कमि हुने निश्चत देखिएको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।

कृषि पेशालाई व्यवसायिक, मर्यादित र प्रभावकारी बनाउनका लागि वास्तविक किसानहरुको पहिचान र वर्गीकरण गरि कृषक परिचयपत्र जारी गर्नु र कृषि नितिमा सुधार गरि कृषकलाई लागतका आधारमा नभई उत्पादनका आधारमा बीमा उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न जोडदार माग गर्दै शिघ्र कार्यान्वयनका लागि ध्यानाकर्षण पत्र पेश गरेको गैसस महासंघका अध्यक्ष दिपेन्द्र डिसीले बताए ।

‘पछिल्लो समय जिल्लाले कृषिको उर्वर क्षेत्रका रुपमा पहिचान बनाउँदै आएको र हाल यहाँका करिब ८० प्रतिशत मानिसहरु कृषिमा आश्रित रहेका छन् । अत्यधिक किसानहरु फलफूल, तरकारी, पशुपालन जस्ता कृषि लाई मुख्य व्यवसाय गरि जीविको निर्वाह गर्दै आएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गर्दछौँ’ पत्रमा भनिएको छ ।

नेपालको संबिधानको भाग ३ धारा ४२ को (४) मा किसानलाई स्थानीय बिउ बिजन र कृषि प्रजातीको छनौट र संरक्षणको हक उल्लेख गरिएको भएपनि प्रभावकारी कार्यान्वन नभएको भन्दै मंगलबार जिल्लामा रहेर अधिकारका क्षेत्रमा काम गर्ने नागरिक समाज संस्था र पैरविका लागि काम गरिरहेका व्यक्तित्व तथा सरोकारवालाहरुले सामूहिक रुपमा प्रमुख जिल्ला अधिकारीमार्फत कृषि मन्त्रालयलाई ध्यानाकर्षण पत्र पेश गरेको हरप्लेस सल्यानका संयोजक रामचन्द्र रेग्मीले जानकारी दिए ।