२१ कार्तिक २०८३, शनिबार

बालगृह महासंघ नेपालको अध्यक्षमा केवल पण्डित

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font


काठमाडौँ, १२ भाद्र । बालगृहहरूको महासंघ, नेपाल काठमाडौँ जिल्ला कार्य समितिको तेस्रो जिल्ला भेला सम्पन्न भएको छ । राजधानीको भृकुटीमण्डपस्थित सिएनएफएनको सभाकक्षमा भेला सम्पन्न भएको थियो ।

ललित शाहीको सभापतित्व तथा बालबालिकाका निम्ति गैह्रसरकारी संस्थाहरूको महासंघ ९सिएनएफएन० अध्यक्ष मनोजकुमार कँडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

भेलाले केवल पण्डितको अध्यक्षतामा ११ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । नवनिर्वाचित पदाधिकारीहरूलाई बालगृहहरूको महासंघ केन्द्रीय समितिका का.वा. अध्यक्ष दुर्गा मैनाली सपथ गराए ।

नेपालले बालबालिकाको हक हति र संरक्षणको क्षेत्रमा राज्यलाई सहयोगीका रुपमा देशभर करीब २०० वटा सञ्चालित बालगृहहरूको अभिभावकको रुपमा बालगृह महासंघ नेपाल रहेको छ ।