१२ कार्तिक २०८३, बिहिबार

प्रधानमन्त्रीको कार्यशैलीबाट गृहमन्त्री आक्रोशित

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ भदौ । पूर्वलडाकु लेनिन विष्टलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको विषयलाई लिएर प्रधानमन्त्री केपी ओलीले गृह मन्त्रीसंग २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

उनले गृहमन्त्री रामबहादुर थापालाई पूर्वलडाकु विष्टलाई विमानस्थलबाट फर्काउनुको कारण सहित २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन निर्देशन दिएका हुन् । नेपाल समाचार पत्र दैनिकले खबर छापेको छ ।

यसअघि प्रधानमन्त्री ओलीको निर्देशनमा गत असार २३ गते नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अपराधीलाई जस्तै गरेर फर्काइएको थियो ।

विमानस्थलबाट प्रहरीले कोइरालाई प्रधानमन्त्री निवास वालुवाटारमा आघा घण्टा राखेर बिदेश जान रोक लगाएको थियो । कोइरालाई बिमानस्थलबाट फर्काएपछि प्रधानमन्त्री ओलीको तीव्र आलोचना भएको थियो ।

सोमबार प्रधानमन्त्री निवासमा सम्पदाकहरूको भेटघाटमा प्रधानमन्त्री ओलीले पूर्वलडाकु विष्टलाई बिमानस्थलबाट फर्काइएको घटनाको विषयमा गृहमन्त्रीसंग लिखित स्पष्टीकरण मागेको बताए ।

कार्यकारी प्रधानमन्त्रीले आफू मतहत रहेका निकायले गरेको काम कारवाहीप्रति चित्त नबुझेको अवस्थामा सिधै बोलाएर स्पष्टीकरण लिने अधिकार छ ।

प्रधानमन्त्री ओलीले उपकुलपति कोइरालाई बिमानस्थलबाट फर्काएको घटना सेलाउन नपाउदै पूर्वलडाकु विष्टलाई फर्काएको विषयमा भने असन्तुष्टि जनाएका छन् ।

पूर्वलडाकु बिष्ट प्रकरणमा प्रधानमन्त्री ओली र गृहमन्त्री थापाबीच असमझदारी बढ्दै गएको छ ।