२१ कार्तिक २०८३, शनिबार

प्रदेश–५ : विशेषाधिकार समितिका सभापतिमा श्रेष्ठ चयन

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बुटवल, ११ भदौ । प्रदेश नं ५ को विशेषाधिकार समितिको सभापतिमा प्रदेशसभाका सदस्य कमलराज श्रेष्ठ चयन हुनुभएको छ । समितिका ज्येष्ठ सदस्य बाबुराम गौतमको अध्यक्षतामा सोमबार बसेको बैठकले श्रेष्ठलाई सभापतिमा चयन गरेकोे प्रदेश नं ५ को सचिवालयले जनाएको छ ।

उहाँ नेकपाकोे तर्फबाट गुल्मीबाट निर्वाचित सांसद हुनुहुन्छ । सो समितिमा अन्य १० जना सदस्य हुनुहुन्छ । सभापति श्रेष्ठलाई प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले पद तथा गोपनीयताको शपथ खुवाउनुभयो । –रासस