
लसएन्जलस । लसएन्जलसमा बसोबास गर्ने नेपाली कलाकारहरुको सहकार्यमा ‘भन पहिले’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।
सार्वजनिक गीतलाई शंकर वाग्लेले लेखेका हुन् भने वाग्लेकै निर्देशन रहेको छ । यस गीतमा स्वर तथा संगीत भने उनी नरेन्द्र प्यासीले दिएका छन् । यसअघि नेपाली चर्चित टेलिफ़िल्म ‘मेरी बास्सै’मा ‘राईफले’का रुपमा प्रस्तुत भएका थिए भने कान्तिपुर टेलिभिजनको ‘घरबेटी बा’ टेलिश्रखलामा समेत प्रमुख भूमिकामा रहेर अभिनय गरेका थिए । भिडियोमा यम चापागाईँ, रोशिना कोइराला, अमित लुईँटेलको मुख्य भूमिका रहेको छ र साथै विदुर पाठकले स्क्रिन प्लेको भूमिका निर्वाह गरेका छन् । भिंडियों एस राज प्रोडक्सनबाट सार्वजनिक गरिएको छ ।
यस कार्यक्रममा भिडियोलाई सार्वजनिक गर्दै सम्पुर्ण कलाकर्मीहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)को अध्यक्ष सुदिप पन्तले बधाई तथा शुभकामना व्यक्त गर्दै एस राज प्रोडक्शनका राम्रो युवा टिम र राम्रो कार्यको प्रशंसा गरेका थिए र सो कार्यक्रममा लसएन्जलसबासी सम्पूर्ण पत्रकारहरु, अभिनेता रत्न थापा तथा संगीतप्रेमीको उपस्थिति रहेको थियो ।















प्रतिक्रिया