
काठमाडौं । लोकप्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले सरकारका मन्त्रीहरु सत्ता, शक्ति र सम्पत्तिको मरिमेट्ने गरेको आरोप लगाएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा ‘गाईजात्रा २०७५’ को अवसरमा कलाकार गजुरेलले मन्त्री र नेताले शक्ति, सत्ता र सम्पत्तिको पछि लागेको आरोप लगाउदै जनताले दुःख पाएको बताए ।
उनले भने, ‘नयाँ नियम र आचार संहिताले के कति बाँध्छ, त्यो फरक कुरा हो, मैले भनेको कुरा व्यङ्ग्य पनि हो, सत्य पनि हो ।’ सरकारले लगाएको करको प्रसङ्गग जाड्दै भने, हाम्रा मन्त्रीलाई पाँच पाँच जोड्दा कति हुन्छ ? भनेर सोध्ने हो भने ११ हुन्छ भन्नु हुन्छ, ११ कसरी भयो भनेर सोध्ने हो भने करको लागि छुट्याएको भन्नुहुन्छ ।’
उनले कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वराज ज्ञानेन्द्र शाह, भारतीय प्रधानमन्त्री नरेन्द्र दास मोदी, अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प लगायत व्यक्ति र राजधानीको जामका विषयमा व्यङ्ग्य प्रस्तुत गरेका थिए ।
प्रस्तुतिको क्रममा गजुरेलले पत्रकार धमला जहिले पनि क्यामराको अघि आइरहने विषयको व्यङ्ग्य गरे । उनले भने, ‘यो संसारमा अहिलेसम्म वैज्ञानिकहरुले धेरै कुराको अविष्कार गरे । तर ऋषि धमला खिच्न नमिल्ने क्यामरा आविष्कार गर्न सकेनन् ।’
गाईजात्रा विषेश साक्षात्कारमा दीपकराज गिरीले पाँच वर्षको लागि प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले हाँस्यव्यङ्ग्य कलाकारको जागिर खोसिदिएको आरोप लगाएका छन् ।
उनले भने, ‘गाईजात्रा व्यङग्यको पर्व हो, तर बलात्कार जस्तो दुःखद र अत्याचारको विषयलाई पनि कलाकारहरुले प्रहशन गर्नुपर्ने स्थिति छ, अर्को तर्फ पाँच वर्षको लागि बनेको सकारका प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई खुब हसाई राख्नु भएको छ, केही समयका लागि हामी मौन बस्नुपर्ने अवस्था छ, उहाँले जनताको काम गर्ने भन्दापनि हसाँउने काम गरिरहनु भएको छ ।’
कार्यक्रममा अर्का लोकप्रिय हाँस्य व्यङ्य कलाकार जितु नेपाल (मुन्द्रे) ले वर्तमान सरकारले व्यङ्ग्य पचाउन नसक्ने बताएका छन् ।
उनले भने, ‘वर्तमान सरकार कलकारको कुरा सुन्न र व्यङ्ग्यलाई बुझ्न सक्ने स्थितिमा छैन्, अहिले त कसैले सरकारको गल्तिका बारेमा व्यङ्ग्य गरे भने उल्टै जेल पठाउने कानून बनाउदैछन्, बोल्न पनि डरमर्दो छ, कुनै मन्त्रीको व्यङ्ग्य गर्ने हो भने जेल हालिदिने खतरा छ, कुनैबेला मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले तत्कालिन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको व्यङ्ग्य गर्दा हरिबंशले लुगा फेर्दै गरेको ठाउँमा पुगेर तिमीलाई त व्यङ्ग्य गर्न आउँदैन रहेछ भनेर भन्नु भएछ ।’
उनले भने, ‘हरिबंशले डराउदै किन के भयो ? केही गल्ति गरेकी भनेर सोध्दा भट्टाईले भन्नु भएछ यो त कम भयो, यो भन्दा बढि म आफैले गर्न सक्थे, पुगेन सरकारका गल्ति कम्जोरीको बारेमा खरो रुपमा प्रस्तुत हुनुपर्छ, खै मलाई त उडाउन सक्नु भएन, भन्नु भएको थियो तर आज मन्त्री, प्रधानमन्त्रीलाई कलाकारका कुरा सुन्न र व्यङ्ग्यको भाव बुझेर जनताको काम गर्न फुर्सद छैन ।’
त्यस्तै कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेतीले वर्तमान सरकार मुलुकको अवस्था प्रति संवेदनशिल नभएको आरोप लगाएका छन् ।
उनले भने, ‘वर्तमान सरकार जनताका जनजीविकाप्रति संवेदनशील छैन्, हत्याहिँसा बलात्कारका घटना प्रति संवेदनहिन भएर पानी जहाज र रेलको सपना देखाएर जनताको समस्यामाथि व्यङ्ग्य गरिहरको छ, गणतन्त्रमा जनता करको मारमा छन्, करले जनतालाई थिचिरहेको छ ।’
उनले अघि थपे, ‘बलात्कारका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन्, सरकारले उच्च चासो दिएर दोषीलाई मृत्युदण्ड दिने कानून बनाउनु पर्छ, जघन्य अपराध गर्नेलाई मृत्युदण्डको भागिदार बनाउनु पर्छ ।’
एक महिना अघि प्रदेश नम्बर ७ को कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तको बलात्कार पछि हत्या प्रकरणलाई स्मरण गदै अर्का हाँस्य कलाकार केदार घिमिरे (माग्नेबुढा) ले प्यारोडि गीत गाएर सुनाएका थिए ।
उनले पत्रकार ऋषि धमलालाई साथमा राखेर बलात्कारका घटनाका दोषीलाई हदैसम्मको कारबाही हुनुपर्छ भनेर लेख्न बोल्न आग्रह गरेका छन् ।
कार्यक्रममा हाँस्य कलाकार श्रीकृष्ण सिमखडाले करको दर बढेको विषयलाई व्यङ्ग्य गर्दै सरकारले जनतालाई राहतको रुपमा कर लादेको बताए ।
उनले भने,‘सरकारले करको दर बढाएको छ, जनताको घर ठूलै बन्ने भए ! सरकारी राहत पाएपछि घरको चुल्होमा भात पाक्ने नै भयो, कर तिरेपछि भातपाक्नेमा डर छैन् ।’
कार्यक्रममा शिव शंकर रिजालले सम्पन्न विश्वकपलाई स्मरण गर्दै पत्रकार ऋषि धमला सबैभन्दा धेरै खट्ने पत्रकार भएको दाबी गरे ।















प्रतिक्रिया