२१ कार्तिक २०८३, शनिबार

टिपरको ठक्करबाट पैदल यात्रीको मृत्यु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, ११ भदौ ।  जिल्लाको ककनी गाउँपालिका–१ महालक्ष्मी ओखरपौवामा आज बिहान टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

काठमाडौँबाट फोहर बोकेर ओखरपौवाको सिसडोलतर्फ आउँदै गरेको बा २ ख ६११८ नं. को टिपरको ठक्करबाट पैदल यात्री ककनी–१ महालक्ष्मीका ४५ वर्षीय पदम बलामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो ।

दुर्घटनापछि चालक फरार भएको प्रहरीले जनाएको छ ।–रासस