२ कार्तिक २०८३, सोमबार

आज पनि ओरालो लाग्यो सेयर बजार

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० भदौ । निरन्तर ओरालो लाग्दै आएको सेयर बजार साताको पहिलो दिन शनिबार पनि घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २.७८ विन्दुले घटेर एक हजार १७५.७२ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.५७ विन्दुले घटेर २४८.४२ विन्दुमा कायम भएको छ । कूल १४६ कम्पनीको छ लाख नौ हजार २५७ कित्ता सेयर २० करोड ५५ लाख ५८ हजार ६४३ मूल्यमा खरिद बिक्री भएका छन् ।

उत्पादन समूह बाहेक अरु उपसमूहको सेयर आज ओरालो लागेको हो । उत्पादन समूहको सेयर १४.१७ बिन्दुले बढेको छ । बैंकिङ १.०३, होटल ०.०४, विकास बैंक ११.५, जलविद्युत् २.०६, वित्त १.६१, निर्जीवन बीमा ४२.४८, अन्य २.७, माइक्रोफाइनान्स १२.६२ र जीवन बीमा १.८८ बिन्दुले घटेको छ ।

स्टककाअनुसार घटेको बजारमा ङादी समूहका सेयर लगानीकर्ताले चार प्रतिशत कमाएका छन् भने बैंक अफ काठमाडौंका सेयर लगानीकर्ताले तीन प्रतिशत कमाएका छन् ।

यस्तै कर्णाली विकास बैंक, आइएमई जनरल इस्योरेन्स, एनएमबी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।