
काठमाडौं, ९ भदौ । ‘मिस टुरिजम–२०१८’ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन् ।
प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन । प्रतियोगिताको पस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै क्रमशः ३० हजार र २० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर,सृजना घमिरे मिस फ्रेण्डसिप,श्रृति थापा मिस पर्सनालिटि,सगुन अधिकारी मिस वाल्क घोषित भए । मिस टुरिजमको उपाधी चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत छिन् ।















प्रतिक्रिया