
काठमाडौं । एकता कपूर टिभीमा यस्तो शोजहरु लिएर आउँछिन् जसले दर्शकलाई सजिलै भुलाइदिन्छ । चाँडै नै एकता सुपरहिट सिरियल कसौटीको दोस्रो भर्जन लिएर आउँदैछिन् । ‘कसौटी जिन्दगी के २’लाई लिएर मानिसहरु उत्साहित देखिएका छन् । केही समयअघि यस शोको टिजर रिलिज गरिएको थियो ।
यसपटक श्वेता तिवारीको भूमिकामा एरिका फर्नांडीस छिन् । त्यस्तै अनुराग बासुको रोलमा पार्थ समथान देखिनेछन् । यस शोमा हिना खानको पनि अभिनय रहनेछ । हिना शोमा नेगेटिभ भूमिकामा देखिने बताइएको छ । खबरका अनुसार हिना यस शोको सबैभन्दा बढी पारिश्रमिक लिने कलाकार हुन् ।
रिपोर्ट्सका अनुसार हिनालाई प्रतिएपिसोड २.२५ लाख भारु दिइनेछ । यति धेरै पारिश्रमिक सायदै अरु टिभी कलाकारले लिएका छैनन् । यस मामिलामा हिनाले सबैलाई पछि पारेकी छन् ।















प्रतिक्रिया