२ कार्तिक २०८३, सोमबार

अमेरिकामा नेपालीले खोले बैंक

714
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

न्यूयोर्क, ९ भदौ । नेपालीहरुले अमेरिकामा बैंक स्थापना गरेका छन् । गैर आवासीय नेपालीहरुले खोलेको बैंक ‘एभरेष्ट क्रेडिट युनियन’ले त्यहाँको सरकारबाट अनुमति पाएको छ । यस बैंकलाई अमेरिकी केन्द्रीय सरकारअन्तर्गतको नेशनल क्रेडिट युनियन एड्मिनिस्ट्रेसन (एनसीयूए) सञ्चालनमा ल्याउन अनुमति दिएको हो ।

बैंकका सञ्चालकहरुले यसको स्थापनाका लागि तीन वर्षसम्म कानूनी प्रक्रियामा खर्च गरे । न्यूयोर्कबाट बैंकिङ सेवा सुरु गरी अमेरिकाकै अन्य शहरहरुमा शाखा कार्यालय खोलिने बताइएको छ ।

बैंकले अमेरिकामा रहेका नेपालीहरुका कर्जा तथा सेभिङमा सहज हुने बताइएको छ । यसको अध्यक्ष डिल्लीराज भट्ट हुन् ।

बैंकलाई गैर आवासीय नेपाली संघले स्पोन्सर गरेको छ ।