
काठमाडौं । बलिउड अभिनेत्री अदा शर्मा आफ्नो ग्ल्यामर लुकका कारण चर्चामा रहने गर्छिन् । उनको डान्सिङ भिडियोले राम्रै चर्चा पाउने गर्छ । यसैबीच उनको केही यस्ता फोटा बाहिर आयो जसले तपाईलाई अचम्मित बनाइदिन्छ । उनी मैलो पुरानो साडीमा तरकारी बेच्दै गरेको अवस्था देखिएकी छन् ।

अदा शर्मा स्टाइलका कारण पनि चर्चामा रहन्छिन् तर भाइरल भइरहेको तस्बिरमा उनी सडकको छेउमा काउली, काँक्रो, भिँडी लगायतका तरकारी बेचिरहेको देखिन्छ ।
तपाईले सोचिरहनुभएको होला अदा कसरी यो हालतमा आइपुगिन् ? तर यो सबै एक फिल्मका लागि हो । उनको लुक टेस्ट गर्न यो सब गरिएको हो । हालै अदाले एक हलिउड फिल्मका लागि अडिसन दिएकी छन् । यसै शिलशिलामा उनले यो तरकारी बेच्दै गरेको लुक बाहिर ल्याएकी थिइन् । उनले उक्त फिल्ममा काम पाइन् वा पाइनन् त्यो भने अझै जानकारीमा आएको छैन ।
बलिउड अभिनेत्री अदा शर्माले सन् २००८ मा फिल्म ‘१९२०’बाट डेब्यू गरेकी थिइन् । अदाले ‘हम हैं राही कार के’ र ‘हंसी तो फंसी’ जस्ता फिल्ममा काम गरेकी छन् ।















प्रतिक्रिया